बाल विवाह मुक्त पालिकाको निति लिदै प्रतापपुरले सम्पन्न गर्यो १८औं  गाउँ सभा

  • सुस्ता संदेश
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ८, आईतबार (४ दिन अघि)
  • २३१ पटक पढिएको

बाल विवाह मुक्त पालिकाको निति लिदै प्रतापपुरले सम्पन्न गर्यो १८औं  गाउँ सभा

श्याम बुचा

सुस्ता ८ असार

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले प्रतापपुर गाउँपालिकालाई बाल विवाह मुक्त पालिकाको निति लिदै १८औं गाउँ  सभा सम्पन्न गरेको छ ।

प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षयतामा भएको प्रतापपुर गाउँपालिकाको १८ औं गाउँ सभाबाट बाल विवाह मुक्त प्रतापपुर गाउँपालिका निति लिदै पालिका भित्र हुने बाल विवाह न्यूनीकरण गर्नको लागि नेपाल सरकारले तोकेको उमेर पुरा गरि समाजिक परम्परा अनुसार विवाह हुने प्रतापपुरको छोरीहरुलाई विवाह खर्चमा पालिकाले पनि केही सहुलियत तथा सहयोग प्रदान गर्ने कार्यक्रम लागु गर्दै पालिकालाई बाल विवाह मुक्त पालिका बनाउने निति तथा कार्यक्रममा समावेश गरेको छ ।

पालिका अध्यक्ष एवं सभाका सभाअध्यक्ष उमेश चन्द्र यादवले अगामि आर्थिक बर्ष ०८२/०८३ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रतापपुर गाउँपालिकालाई बाल विवाह मुक्त पालिका,किसानले आफ्नो खेतीमा जडान गरेको कृषि मिटरको बिल रकमको भुक्तानी पालिकाले गरि किसानलाई निशुल्क सिचाइको व्यवस्थापन गर्ने,शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रलाई बिशेश जोड दिदै पालिकाले निति तथा कार्यक्रम ल्याएको हो ।

स्वास्थ्य तर्फ जगन्नाथपुर आधारभुत अस्पताललाई १५ शैयाको अस्पताल निर्माण कार्यलाई तिब्रता ल्याउने,एक घर एक स्वास्थ्यकर्मि कार्यक्रम लागु गर्ने,जेष्ठ नागरिकको घरमा स्वास्थ्यकर्मि,नवजात शिशु तथा मातृ मृत्युुदर कम गर्ने,पुर्ण संस्थागत सुत्केरी पालिका घोषणा कार्यक्रमलाई निरन्तरता दिने र अपाङ्गता ब्यक्तिहरुलाई सेवामा सहज पुग्ने उद्देश्यले अपाङ्गता सेवा हेल्प डेक्स संचालन गर्ने,समुदायमा लुकेका क्षयरोग तथा कुष्ठरोग प्रभावित ब्यक्तिहरुको खोजपडताल तथा शिविर संचालन गर्ने निति लिएको छ ।

शिक्षा तर्फ आदर्श प्राबिधिक क्याम्पस संचालन गर्ने,अध्यक्ष शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम निरन्तरता दिइने,कृषि तर्फ कृषि पेशालाई सम्मानजनक पेशाको रूपमा बिकास गरि उत्कृष्ट किसानलाई पुरस्कारको व्यवस्था गरिने,पर्यटन तर्फ पालिका भित्र त्यस्ता स्थानहरु पहिचान गरि सुबिधा सम्पन्न पार्कहरुको निर्माण गरिने निति तथा कार्यक्रम समावेश गरिएको छ ।

त्यसैगरी उद्योग तथा वाणिज्य तर्फ युवा उद्दमशिल कोष स्थापना,कोशेलि घरको निर्माण गरिने,खानेपानी तथा सरसफाइ तर्फ पालिकाको सम्पुर्ण वडालाई खानेपानीमा सहज पहुँच पुर्याउने,महामारी जस्ता फैलिने रोगलाई रोकथामका लागि सरसफाइमा विशेष जोड दिइने,बजार क्षेत्रहरुमा डष्टबिन वितरण कार्यमा लागु गर्ने र खेलकुद तर्फ पालिका भित्र एउटा रंगशालाको निर्माण गर्ने पालिकाले निति लिएको जनाएको छ ।

त्यस्तै वातावरण तथा विपद व्यवस्थापन ,वन तथा भु संरक्षण,विपद व्यवस्थापन,संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन,फोहोर मैला तथा ढल व्यवस्थापन,सूचना,प्राविधि तथा सञ्चार,पुर्वधार विकास,लैङ्िगक समानता तथा समाजिक समावेशीकरण,कानुन र न्याय,सुरक्षा व्यवस्थापन जस्ता कार्यक्रमहरु समावेश गरि प्रतापपुर गाउँपालिका का अध्यक्ष यादवले निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

सो १८औं गाउँ सभाको अवसरमा प्रतापपुर गाउँपालिकामा कार्यरत पुर्व कर्मचारी,उत्कृष्ट कर्मचारी,उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई खादा र कदर प्रमाणपत्र सहित सम्मान पनि गरिएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती