श्याम बुचा
सुस्ता २ भदौ
पश्चिम नवलपरासीको सुस्तामा रहेको बागमती चिनी मिलका एक जना मजदुरको मृत्यु भएको छ ।
चिनी मिलमा वेल्डिङ्ग काम गर्ने सुस्ता गाउँपालिका वडा न २ मा बस्ने अन्दाजी बर्ष ३५ को विजय हजामको करेन्ट लागेर माथीबाट भुइँमा खस्दा मृत्यु भएको अनुमान गरिएको छ ।
मृत्यु हुने हजामले बागमती खाड्सारी चिनी उद्योगमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर करिब १० फिट माथीबाट तल खसेको र उनलाई उपचार गर्न सहिद स्मृति अस्पताल चौपत्तामा लगेपछि अस्पतालमा हजामलाई डाक्टरले मृत घोषणा गरेको मिलका कर्मचारी होमकान्त लम्सालले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार उपचारका लागि मिलमा तल खसेर घाइते भएका हजामलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र हजामको शवलाई पोस्टमार्टमका लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको जनाएको छ ।