श्याम बुचा
सुस्ता १४ भदौ
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वडा न २ महलबारिमा रहेको श्री महर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष ०८१/०८२ मा कुल १४ करोड बराबरको कारोबार गरेको छ ।
श्री महर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुस्ता २ महलबारिका अध्यक्ष डिल्लीराम काफ्लेको अध्यक्षयतामा र सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख अतिथ्यतामा आज शनिबारको दिनमा भएको श्री महर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेड १६औं बार्षिक साधारणसभाको अवसरमा संस्थाका कोषाध्यक्ष केशव ज्ञवालीले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारी संस्थाले आर्थिक बर्ष ०८१/०८२ मा कुल १३ करोड ८३ लाख १९ हजार ५१ रुपैया बराबर कारोबार गरेको बताएका छन् । भने सहकारी संस्थाले ३१ लाख ८५ लाख ९ सय ५ रुपैया शुद्ध नाफा गरेको छ ।
त्यसैगरी सहकारी संस्थाले आर्थिक बर्ष ०८२/०८३ मा अनुमानित कुल १६ करोड कारोबार गर्ने अनुमान गरेको छ भने संस्थाले आर्थिक बर्ष ०८२/०८३ का लागि अनुमानित ऋण लगानीको वर्गीकरण तर्फ कृषि ७० प्रतिशत,घर खर्च १५ प्रतिशत,व्यापार तर्फ ६ प्रतिशत,शिक्षा तर्फ ५ प्रतिशत र वैदेशिक रोजगार तर्फ ४ प्रतिशत रहेको छ ।
साधारणसभाका प्रमुख अतिथि एवं सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले सभालाई सम्बोधन गर्दै सहकारी एकताको प्रतिक संग संगै सामान्य घरपरिवारको पनि आर्थिक हैसियत कायम गर्न साथै जिविकोपार्जन गर्न सहज हुने हुदा सहकारीको एकदमै महत्त्वपूर्ण रहेकोे र जसरी पिङ्ग खेल्नको लागि डोरीको आवश्यकता हुन्छ भने सहकारी बिकास गर्नका लागि शेयर सदस्यको आवश्यकता रहेकोले सहकारीलाई जोगाउन र बचाउनको लागि तपाई हामी सबै आ आफ्नो ठाउँबाट लाग्न आग्रह गरेका छन् ।
बि स २०६६ सालमा स्थापना भएको श्री महर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा महिला ३ सय ६६ र पुरुष ४ सय ४९ गरि कुल ८ सय १६ जना सदस्य रहेको सहकारी संस्थाको बार्षिक साधारणसभामा संस्थाका बार्षिक प्रगति प्रतिबेदन संस्थाका अध्यक्ष डिल्लीराम काफ्लेले प्रस्तुत गरेका थिए भने संस्थाको साङ्गठनिक प्रतिबेदन संस्थाका सचिव ईश्वर प्रसाद कोइरालाले,संस्थाको लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा समितिका संयोजक शैलेन्द्र कुमार शर्माले र ऋण उपसमितिको प्रतिबेदन ऋण उप समितिका संयोजक होमकान्त लम्सालले प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सो साधारणसभाको कार्यक्रमका संचालन संस्थाका सचिव ईश्वर प्रसाद कोइरालाले गरेका थिए भने स्वागत मन्तव्य सहकारी संस्थाका उपाध्यक्ष सागरमणि पाण्डेयले गरेका थिए ।