श्याम बुचा
सुस्ता २० भदौ
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले गत आर्थिक बर्ष ०८१/०८२ को बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेको छ ।
सुस्ता गाउँपालिकाले आफ्नो मातहतमा रहेकोे वडा,बिषयगत शाखाहरु र पालिकाले गत आर्थिक बर्ष ०८१/०८२ को बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेको हो । पालिकाले आफ्नो बार्षिक प्रगति प्रतिबेदन प्रस्तुतीकरण पालिका भित्र रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि,समाजसेवी र सरोकारवालाहरुको सहभागितामा गरेको हो ।
पालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतामा भएको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत कार्यक्रममा सुस्ता गाउँपालिका वडा न १ को वडा कार्यालयबाट वडा सचिव रामकृष्ण पाण्डे,वडा न २ को वडा कार्यालयबाट वडा सचिव ऎश्वराय चौधरी,वडा न ३ को वडा कार्यालयबाट आदित्य शाही,वडा न ४ को वडा कार्यालयबाट वडा सचिव भोज कुमारी जोशी र वडा न ५ को वडा कार्यालयबाट वडा सचिव संजय कुमार चौधरीले गत अर्थिक बर्ष ०८१/०८२ को बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
गत आर्थिक बर्ष ०८१/०८२ मा राजस्व वडाको तथ्यांकगत रूपमा हेर्ने हो भने वडा न १ को वडा कार्यालयले कुल ११ लाख ४४ हजार ५ सय ६४ रुपैया,वडा न २ को वडा कार्यालयले ११ लाख ५ हजार ६ सय ३६ रुपैया,वडा न ३ को वडा कार्यालयले ११ लाख ८९ हजार ८ सय ७४ रुपैया,वडा न ४ को वडा कार्यालयले १२ लाख ९५ हजार ३१ रुपैया र वडा न ५ को वडा कार्यालयले १७ लाख ८१ हजार ३ सय ४९ रुपैया राजस्व संकलन गरेको छ ।
त्यसैगरी स्वास्थ्य तर्फको स्वास्थ्य शाखाका प्रमुख केशरी देबि भट्टराई,कृषि शाखा तर्फ कृषि प्राबिधिक किरण चौधरी,पशु शाखा तर्फ पशु डाक्टर देवेन्द्र घिमिरे,आर्थिक शाखा तर्फ लेखा शाखा प्रमुख राजु सुबेदि,शिक्षा शाखा तर्फ शिक्षा शाखा प्रमुख चन्द्र बहादुर ठाडा मगर,महिला तथा बालबालिका शाखा तर्फ शाखा प्रमुख साबित्रा आले मगर र योजना तथा प्रशासन शाखा तर्फ योजना शाखा प्रमुख बिष्णु प्रसाद ढकालले आ आफ्नो शाखागत बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
पालिकाले गत आर्थिक बर्ष ०८१/०८२ मा कुल बजेट ६६ करोड ३० लाख ८ हजार १ सय ७२ रुपैया मध्ये खर्च तर्फ ५० करोड ३७ लाख ३ हजार २ सय र प्रतिशत रूपमा हेर्ने ७५.७७ % खर्च रहेको छ भने चालु खर्च तर्फ ७९.८१% र पुजिगत खर्च तर्फ ७१.६४% रहेको छ ।
पालिकाले गत बर्ष ०८१/०८२ मा सुस्ता नमुना ताल तथा सौन्दर्यकरण,उज्यालो सुस्ता अन्तर्गत ५ वटै वडाको महत्त्वपूर्ण चोकमा १० वटा हाईमाक्स लाईट जडान,७५ जना अतिबिपन्न वर्गलाई ७५ घर आवास निर्माण गरेको,अध्यक्ष नमुना सडकलाई निरन्तरता,१० सैया अस्पताल निर्माण प्रकियाको लागि ठेक्का लगाएको,कबर्ड हल निर्माण कार्यमा निरन्तरता,थारु संग्रहालय निर्माण,नारायणी नदिको ठेक्का व्यवस्थापनबाट आन्तरिक स्रोतमा वृद्धि र छोरी सुनौलो भविष्य कार्यक्रम अन्तर्गत १ सय ९९ जना छोरिलाई २५ हजार बराबरको रकम खातामा जम्मा गरिएको बार्षिक प्रगति प्रतिबेदनमा प्रस्तुत गरिएको छ ।
बार्षिक प्रगति प्रतिबेदन प्रस्तुतिकरण कार्यक्रममा बोल्दै विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुले पालिकाले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुतिकरण कार्यक्रममा दलिय प्रतिनिधि गराएर आफुहरुले गरेको गतिविधिहरुलाई नजिकबाट निहाल्नको लागि अवसर दिएकोमा पालिकालाई धन्यवाद व्यक्त गर्दै सुस्ता गाउँपालिकाको कार्यालयले पारदर्शितामा एक किसिमको फड्को मारेको महशुस भएको बताएका छन् ।
सो बार्षिक प्रगति प्रतिबेदन प्रस्तुतिकरणमा उठेका जिज्ञासालाई मेट्दै सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले हामि सुस्तालाई समृद्ध सुस्ता र सुखी सुस्ताबासि बनाउन निरन्तर लागिरहेको र पालिकाले जत्तिनै आफ्नो पारदर्शिता गर्यो त्यतिनै सुशासनको राम्रो पक्ष हो त्यहि भएर हामीले बजेट तथा निति कार्यक्रमहरु बनाउन लाग्दा पनि विभिन्न राजनीतिक दल तथा सरोकारवालाहरुको राय सुझाव सल्लाह लिएर बजेट निर्माण गरेको र सोही सुझाव सल्लाहले निर्माण गरेको बजेटले के कति काम सफल भयो कति बित्तीय प्रगति भयो भन्ने बारे सुस्ताको नागरिकले जानकारी पाउने अधिकार भएको कारणले पालिकाले प्रत्येक बर्ष बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरिएको बताएका छन् ।
त्यसैगरी प्रस्तुतीकरण कार्यक्रमलाई समापन गर्दै सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले हामि सुस्ताका नागरिक प्रति सधै जवाफदेही छौ त्यहीँ भएर सुस्ताको नागरिकले कुनै हिचकिच्याहाट नमानी कुनै सूचना लिन परे हाम्रो कार्यालय सधै तत्पर रहेको बताए ।