अनमोल कृषि सहकारीको कुल ३ करोड कारोबार

  • सुस्ता संदेश
  • / बैँक / वित्त /
  • २०८२ भाद्र २१, शनिबार (१ हप्ता अघि)
  • १५१ पटक पढिएको

अनमोल कृषि सहकारीको कुल ३ करोड कारोबार

श्याम बुचा

सुस्ता २१ भदौ

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका गाउँपालिका वडा न २ सत्तपतिमा रहेकोे अनमोल कृषि सहकारी संस्था लिमिटेडको आर्थिक बर्ष ०८१/०८२ को कुल ३ करोड ८ लाख ८६ हजार ३ सय ५ रुपैया २९ पैसा कारोबार गरेको छ ।

संस्थाको आज शनिबार भएको नवौं बार्षिक साधारणसभामा संस्थाका कोषाध्यक्ष यशोदा पाठकले आर्थिक प्रगति प्रतिबेदन पेश गर्दै अनमोल कृषि सहकारीले आर्थिक बर्ष ०८१/०८२ मा ३ करोड ८ लाख ८६ हजार ३ सय ५ रुपैया २९ पैसा कारोबार गरेको र संस्थाले १३ लाख ८७ हजार ८ सय ४२ रुपैया ६ पैसा शुद्ध नाफा कमाएको प्रतिबेदनमा प्रस्तुत गरेकी छिन् ।

संस्थाका अध्यक्ष कृष्ण प्रसाद पन्थको अध्यक्षयतामा र सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख अतिथ्यतामा भएको अनमोल कृषि सहकारी संस्था लिमिटेडको ९औ बार्षिक साधारणसभाको अवसरमा संस्थाको प्रगति प्रतिबेदन संस्थाका अध्यक्ष कृष्ण प्रसाद पन्थले प्रतिबेदन प्रस्तुत गर्दै सहकारी संस्थाले हाल किसानहरुलाई जिविकोपार्जनमा टेवा पुग्नेले किसानले लगाएको तोरी सहकारी संस्थाले खरिद गरिदिने गरेको र शेयर सदस्यहरु सहुलियत रूपमा गुणस्तरीय प्रदान गरि शुद्ध तोरीको तेल उपलब्ध गराएको बताएका छन् ।

सहकारी संस्थाको बार्षिक साधारणसभा कार्यक्रमको उद्द्घाट्न गर्दै कार्यक्रमको प्रमुख अतिथि एवं सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले सुस्तामा कृषि सहकारी संस्थाले किसानहरु मल बिउ बिजनको समस्याहरुको केहि हद सम्म मलम लगाउने काम गरेको र सहकारी संस्थाले धनि गरिब बिच आत्मीय सम्बन्ध कायम गरेको बताउदै सहकारी संस्थालाई जोगाउनको लागि संचालक समितिको पदाधिकारीहरुको मात्र जिम्मेवारी नरहेको भन्दै सम्पुर्ण शेयर सदस्यहरुको पनि महत्त्वपुर्ण जिम्मेवारी रहेकोे बताएका छन् ।

त्यसैगरी अनमोल कृषि सहकारी संस्था लिमिटेडको साङ्ग्ठानिक प्रगति प्रतिबेदन संस्थाका सचिव जयराम राजभरले प्रस्तुत गर्दै बि स २०७३ सालमा ५१ जना शेयर सदस्यबाट स्थापना गरिएको सहकारी संस्थामा हाल ३ सय ७० जना शेयर सदस्यहरु आबद्ध रहेको बताए । त्यस्तै सहकारी संस्थाको लेखासुपरीक्षणको बार्षिक प्रगति प्रतिबेदन सहकारी संस्थाका लेखा संयोजक नवराज सुबेदीले प्रतिबेदन प्रस्तुत गरेका थिए ।

सो सहकारी संस्थाको बार्षिक साधारणसभाको अवसरमा महर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुस्ता २ महलबारिका व्यवस्थापक थिरलाल अधिकारी,महर्षि सहकारी संस्थाका अध्यक्ष डिल्लीराम काफ्ले,अनमोल कृषि सहकारी संस्था लिमिटेडका सल्लाहकार नारायणी ढकाल,कार्यक्रमका बिशेषअतिथि एवं सुस्ता गाउँपालिका का पुर्व अध्यक्ष राम प्रसाद पाण्डेय लगायतले सहकारी संस्थाको महत्त्व र विकास बारे मन्तव्यमा जोड दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती