सुस्ताको कुल बजेट करिब ५५ करोड,शिक्षा,स्वास्थ्यलाई पहिलो प्राथमिकता

  • सुस्ता संदेश
  • / अर्थ/व्यवसाय /
  • २०८२ अषाढ ११, बुधबार (१ दिन अघि)
  • १३८ पटक पढिएको

सुस्ताको कुल बजेट करिब ५५ करोड,शिक्षा,स्वास्थ्यलाई पहिलो प्राथमिकता

श्याम बुचा

सुस्ता,१० असार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका कार्यालयले शिक्षा,स्वास्थ्य,कृषि र लैङ्िगक समानता तथा सामाजिक समावेशीकरण क्षेत्रलाई पहिलो प्राथमिकता राख्दै आगामी आर्थिक बर्ष ०८२/०८३ को लागि अनुमानित कुल ५५ करोड बजेट बिनियोजन गरेको छ ।

सुस्ता गाउँपालिका कार्यालयले मंगलबारका दिन आयोजना गरेको १७ औं गाउँ सभा अन्तर्गत आर्थिक बर्ष ०८२/०८३ को बजेट प्रस्तुत कार्यक्रममा पालिकाको आगामी आर्थिक बर्षका लागि कुल ५४ करोड ९३ लाख १८ हजार ४ सय रकम बजेट सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गिता चौधरीले प्रस्तुत गरेकी हुन् ।

पालिकाकी उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको कुल बिनियोजन बजेट मध्ये चालू खर्च तर्फ ३२ करोड ८३ लाख ७६ हजार अर्थात प्रतिशतमा ५९.६०% र पुजिगत तर्फ रु २२ करोड १९ लाख ४२ हजार ८ सय २५ अर्थात प्रतिशतमा हेर्ने हो भने ४०.४०% रकम अनुमानित गरिएको छ ।

जसमा संघीय समानिकरण अनुदानमा  १२ करोड ८ लाख,संघीय शसर्तबाट १५ करोड ५० लाख,विशेष अनुदान रु ६९ लाख,समपुरक अनुदान ७५ लाख गरि २९ करोड १४ लाख रहेको छ । गाउँसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष गीता चौधरीले प्रदेश समानिकरणबाट ८२ लाख १४ हजार, प्रदेश शसर्तबाट ७५ लाख र प्रदेश समपुरकबाट ७५ लाख बजेट रहेको बताइन् । त्यसैगरी आन्तरिक स्रोतबाट १ करोड २१ लाख र राजश्व बाँडफाँडबाट १२ करोड ३५ लाखको बजेट प्रस्तुत गरिएको थियो ।

गाउँ सभाले शिक्षालाई पहिलो प्राथमिकता राख्दै,स्वास्थ,कृषि,लैङ्िगकसमानता तथा सामाजिक समावेशीकरण, खानेपानी र पूर्वाधारलाई जोड दिएको छ । गाउँ सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शिक्षातर्फ रु ४ करोड ७ लाख रकम बिनियोजन गर्दै‘सुस्तालाई चिनौ र चिनाउ’ अन्तर्गत कक्षा ५ देखी ८ र १० सम्म परिक्षालाई थप व्यवस्थित गरि उत्कृष्ट विद्यार्थी र नतिजाको आधारमा उत्कृष्ट शिक्षकलाई पृस्कृत गर्ने, ‘विद्यालयम बढाऔ,विद्यालयमामै पढाऔं’ कार्यक्रमलाई प्राथमिकता दिइएको छ । त्यसैगरी एक विद्यालय,एक योग शिक्षा कार्यक्रम लागू गर्ने

नीति तथा कार्यक्रममा युवा रोजगार कार्यक्रम, लैङ्िगक समानता तथा सामाजिक समावेशीकरणको सुनिश्चितता, छोरी सुनौलो भविष्य कार्यक्रम, उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम, जनतासंग जनप्रतिनिधि कार्यक्रम, एक घर एक धारालाई प्राथमिकता दिइएको छ ।

सुस्ता गाउँपालिकाले अनुमानित गरिएको बजेटको क्षेत्रगत रूपमा हेर्ने हो भने आर्थिक बिकास तर्फ,कृषि र पशु सेवामा रु १ करोड ७५ लाख,सहकारी क्षेत्रमा ५ लाख,उद्योग तथा बाणिज्य तर्फ २७ लाख ५० हजार,पुर्वाधार बिकास तर्फ रु १९ करोड १० लाख १५ हजार,सामाजिक बिकास तर्फ,खानेपानी तथा सरसफाइ क्षेत्र ३३ लाख,स्वास्थ्यमा रु १ करोड ३५ लाख ६० हजार,शिक्षामा ४ करोड ७ लाख,लैङ्गिक समानता तथा समाजिक समावेशीकरण तर्फ रु १ करोड २५ लाख,वातावरण तथा बिपद व्यवस्थापन तर्फ रु ३२ लाख र संस्थागत विकास,सेवा प्रवाह र सुशासन तर्फ रु १ करोड २६ लाख ७५ हजार रकम क्षेत्रगत रूपमा वर्गीकरण गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती