पत्रकारमाथि नगरप्रमुख अर्यालको अभद्र टिप्पणी

  • सुस्ता संदेश
  • / मुख्य समाचार /
  • २०८२ बैशाख २८, आईतबार (१ महिना अघि)
  • १८८ पटक पढिएको

पत्रकारमाथि नगरप्रमुख अर्यालको अभद्र टिप्पणी

सुस्ता सन्देश

सुनवल २८ बैशाख

सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले सामाजिक संजालमा पत्रकारहरूलाई “झोले पत्रकार” भनेर गरेको टिप्पणीप्रति पत्रकारहरुले आपत्ति जनाएका छन।नगर प्रमुख अर्यालले सामाजिक संजालमा केहि दिन अगाडी एक टिप्पणी दिदै पत्रकारलाई झोले पत्रकार आरोप लगाएकी छन।

महासंघका अध्यक्ष केशव पराजुली र सचिव अनिल यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगर प्रमुख अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकारिता क्षेत्रको गरिमालाई क्षति पुर्‍याउने गरी गरिएको सार्वजनिक अभिव्यक्तिप्रति खेद प्रकट गरिएको छ। नगर प्रमुखले एक व्यक्तिको स्टाटसको कमेन्टमा “नागरिकतासम्बन्धी आवश्यकतामा सुविधायुक्त ठाउँ देखाएर गाडी खरिद रकमान्तरमा मेयरलाई मुछिएको समाचार” प्रति असन्तुष्टि जनाउँदै पत्रकारहरूमाथि प्रश्न उठाएको भन्दै महासंघले आपत्ति जनाएको हो।

विज्ञप्तिमा भनिएको छ,“पत्रकार र पत्रकारितालाई लुच्छे भनाउने गरी प्रयोग गरिएका शब्दप्रति महासंघ आपत्ति जनाउँछ।” महासंघले पत्रकारहरूको पेशागत आचरण र स्वतन्त्रताप्रति प्रहार भएको भन्दै यस्ता अभिव्यक्तिहरू प्रेस स्वतन्त्रताको अपमान भएको जनाएको छ।महासंघले मेयरजस्ता जिम्मेवार पदमा रहेकाले व्यक्तिगत गुनासो र असन्तुष्टि भए पनि प्रेस र पत्रकारप्रति गरिमामय भाषा प्रयोग गर्न आग्रह गरेको छ।

त्यसैगरी प्रेस युनियनका अध्यक्ष उमेश बिकले पत्रकारलाई पदीय जिम्मेवारी ख्याल नगरी गरिएको अभिव्यक्त सच्याउन आग्रह गरेको छ। त्यसै गरि प्रेस सेन्टर कि अध्यक्ष बिष्णु खनालले विज्ञप्ति जारि गर्दै पत्रकारलाई झोले जस्तो अमार्दित शब्द प्रयोग सच्याउन माग गरेकी छन।प्रेस चौतारी नवलपरासीका अध्यक्ष गौरीशंकर जैसवाल भने प्रमुखसँग सार्वजनिक माफी माग्न र भविष्यमा यस्ता व्यवहार नगर्ने लिखित प्रतिबद्धता जनाउन माग गरेको छ।जैसवालले भने प्रेस स्वतन्त्रता माथि नाङ्गो हस्तपेक्ष हुने खालको गातिविधि सह्य नहुने भएकोले यस्ता गतिविधि बन्द गर्न सम्बन्धि निकायको ध्यानाकर्षण गराउदछौ।

नेपाल पत्रकार महासघ नवलपरासीका पुर्व अध्यक्ष हरि शर्माले भने जनताको करबाट निर्वाचित जिम्मेवार व्यक्तिले पत्रकारप्रति यस्तो अवहेलना जनाउनु लोकतन्त्रको मर्ममाथि प्रहार हो। प्रमुखको टिप्पणी आपत्तिजनक र खेदजनक छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती