सशस्त्र प्रहरी बल न.२६ गणले मनायो १८औं स्थापना दिवस

  • सुस्ता संदेश
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ २, शुक्रबार (४ हप्ता अघि)
  • ३३० पटक पढिएको

सशस्त्र प्रहरी बल न.२६ गणले मनायो १८औं स्थापना दिवस

श्याम बुचा

सुस्ता २ जेठ

पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बल नेपाल न.२६ गण हेड क्वाटरले १८औं स्थापना दिवस मनाएको छ ।

बि.स २०६४ सालमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल न.२६ गण हे.क्वा.ले विभिन्न कार्यक्रम गरि १८औं स्थापना बिशेष दिवस मनाएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं.५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका बाहिनी पति दिपेन्द्र कुवरको प्रमुख अतिथ्यतामा र जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौति यादवको बिशेषअतिथ्यतामा भएको सशस्त्र प्रहरी बल नेपाल न.२६ गण हे.क्वा.पश्चिम नवलपरासीको १८ स्थापना बिशेष दिवसको अवसरमा व्यवसायिक प्रतियोगिता, खेलकुद तथा हाजिरी जवाफ प्रतियोगिता,विभिन्न सास्कृतिक भेषभुषा सहितको सास्कृतिक नृत्य,बृक्षारोपण रोपण,कर्मचारीहरुलाई प्रमाणपत्र, मेडल तथा शिल्ड तथा बाहिनीको कामकारवाहीमा उत्कृष्ट कार्यगर्ने कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गर्नुका साथै अमर सशस्त्र प्रहरी परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

१८औं स्थापना बिशेष दिवसको अवसरमा बोल्दै प्रमुख अतिथि एवं सशस्त्र प्रहरी बल, नेपाल नं.५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका बाहिनी पति कुवरले सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इलाकामा शान्ति सुरक्षा अमन चयन काय
राख्न तथा अपत्विपद्मा परेकाहरुको उद्धार तथा राहत कार्य प्रशंसा योग्य रहेको चर्चा गर्दै आगामी दिनमा समेत अझ उत्कृष्ट कार्य क्षमता प्रदर्शन गरी जनताको मन जित्न सफल हुने विश्वास व्यक्त गरेका थिए ।

स्थापना कार्यक्रममा विशेषअतिथि एवं जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौति यादवले सशस्त्र प्रहरी बल,
नेपालले प्रदर्शन गरेको कार्य क्षमता तथा सीमा सुरक्षामा देखाएको तत्परता प्रशंसा योग्य रहेको बताए ।

त्यसै गरि सो स्थापना कार्यक्रममा पश्चिम नवलपरासीका जिल्ला प्रमुख अधिकारी हिरालाल रेग्मीले जिल्लामा शान्ति सुरक्षा,सिमाको  रक्षा र अबैध चोरी निकासी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपालले उल्लेखनीय कार्य गरेको बताउदै धन्यवाद व्यक्त गरेका थिए । सो स्थापना दिवसको अवसरमा उपस्थिति सम्पुर्णलाई सशस्त्र प्रहरी बल नेपाल न.२६ गण हे.क्वा.पश्चिम नवलपरासीका गणपति सन्तोष रायमाझीले धन्यवाद ज्ञापन गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती