प्रतापपुर स्वास्थ्य चौकिको भवनको काम कमसल,प्राबिधिकको मिलोमतो भएको आशन्का

  • सुस्ता संदेश
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ ५, सोमबार (३ हप्ता अघि)
  • ५२६ पटक पढिएको

प्रतापपुर स्वास्थ्य चौकिको भवनको काम कमसल,प्राबिधिकको मिलोमतो भएको आशन्का

श्याम बुचा

सुस्ता ५ जेठ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न ९ मा निर्माण भएको प्रतापपुर स्वास्थ्य संस्थाको भवनको काम कमसल बनेको पाएको छ भने प्रतापपुर गाउँपालिकाको कार्यालयमा कार्यरत प्राबिधिकको पनि मिलोमतो रहेकोे आशन्का गरिएको छ ।

स्वास्थ्य चौकी भवन निर्माणको जिम्मेवारी पाएको अर्थात ठेक्का पाएको कृष्णा कन्स्ट्रक्सन बुटवल ११ देबिनगरले भवन निर्माण कार्य कमसल गरेको हो ।

बि स २०८० मंसिर २६ गते काम गर्नको लागि निर्माण कम्पनीले सम्झौता गरि स्वास्थ्य चौकी भवन निर्माणको कार्य अगाडि बढाई काम सम्पन्न भएको भन्दै यहि चालु आर्थिक बर्ष ०८१/०८२ को पुस मसान्तमा अन्तिम भुक्तानी समेत निर्माण कम्पनीको ठेकेदारले लगिसकेको कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीले जिम्मेवारी पाएको प्रतापपुर स्वास्थ्य चौकी भवनको काम यतिखेर नाङ्गो आखाले हेर्दा पनि कतिको कमसल भएको छ भनेर हेर्न सकिन्छ किन भने भवनमा रहेको भित्री कोठाहरुको भित्ता चर्किएको छ,भवनको छ्ट पानी लागेर रस्सिएको अर्थात (सिपेज) भएको छ र बर्षाको समयमा पानी पर्दा आउने बझेटाको पानी सबै भित्र आएर पानी बाहिर जानुको साटो सबै पानी भित्र कोठामा पसेको पाएको छ ।

प्रतापपुर स्वास्थ्य चौकिको भवन निर्माण कार्य कसरी कमसल अर्थात गुणस्तरीयहिन भएको हो भनेर पत्रकार श्याम बुचाले प्रतापपुर गाउँपालिकाको कार्यालयमा कार्यरत प्राबिधिक शाखाका प्रमुख इन्जिनियर आनन्द कुमार यादवसंग बुझ्दा निर्माण कार्यमा ठेकेदार कम्पनीले भवन निर्माण काम कमसल भएको हो भने कार्यालयले मर्मत अवधि भनेर ठेकेदारलाई समय दिएको हुन्छ र उसको त्यो अवधी सम्म धरौटी पनि कार्यालयमा राखिएको हुन्छ त्यही भएर आफु प्राबिधिक शाखा प्रमुखको हैसियतले निर्माण कम्पनीलाई मर्मत तथा सुधारको लागि पत्र काट्छु र काम जब सम्म राम्रो अर्थात गुणस्तरीय हुन्न तब सम्म कुनै पनि ठेकेदार कम्पनीलाई यो पालिकामा छुट नहुने बताएका छन् ।

तर अच्चमको कुरा के छ भने स्वास्थ्य चौकी भवन निर्माण सम्पन्नको अन्तिम भुक्तानी दिदा प्राबिधिकको त्यो कमसल काममा आखा नजानुको के कतिको कारणले हो भन्ने मिलोमतोको आशन्का जागेको छ ।

पालिकाले स्वास्थ्य चौकि भवन निर्माणका लागि कुल लागत रकम १ करोड ४६ लाख ५७ हजार ८ सय ७३ रुपैया ८६ पैसा बिनियोजन गरेको रकम मध्ये कुल १ करोड ८ लाख ७५ हजार ४ सय ३८ रुपैया ९ पैसामा कृष्णा कन्स्ट्रक्सन कम्पनीले कबुल रकम स्वीकार गरि निर्माण कार्य बि स २०८० मंसिर २६ गते सम्झौता गरि बि स २०८२ पुस २६ गते सम्म कार्य सम्पन्न गर्ने जिम्मेवारी लिएको थियो भने त्यो स्वास्थ्य चौकी भवन निर्माणको रेखदेख गर्न प्रतापपुर गाउँपालिकाको कार्यालय प्राबिधिक शाखामा कार्यरत सहायक सब इन्जिनियर रमाशंकर गुप्ताले साइड इन्चार्जको जिम्मेवारी पाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती