श्याम बुचा
सुस्ता १४ जेठ
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
महिनावारी स्वच्छता दिवस २०२५ को अवसरमा भएको हाजिरी जवाफ प्रतियोगितामा पालिका भित्र रहेको ७ वटा सामुदायिक तथा धार्मिक विद्यालय मध्येबाट किशोर किशोरी गरि २८ जनाको सहभागिता रहेकोे थियो ।
पालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको महिनावारी स्वच्छता सम्बन्धि हाजिरी जवाफ प्रतियोगितामा प्रथम गणेश माध्यमिक विद्यालय जगन्नाथपुर प्रतापपुर ७ भएको छ भने द्वितीय त्रिभुवन माध्यमिक विद्यालय प्रतापपुर ९ बेलाटारि र तृतीयमा डम्बरबहादुर माध्यमिक विद्यालय प्रतापपुर ८ पिपरपाती भएको छ ।
प्रतियोगिता कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवले कतिपय हाम्रा किशोर किशोरी भाई बहिनी हरुलाई यो महिनावारीको बारेमा ज्ञान नहुने र किशोरीहरुलाई महिनावारीको बखतमा सरसफाइ तथा महिनावारी स्वच्छता बारे जान्न तथा चेतना फैलाउन एकदमै अति आवश्यक रहेको बताएका छन् ।
त्यस्तै प्रतियोगिता कार्यक्रम का अध्यक्ष एवं प्रतापपुर गाउँपालिका कि उपाध्यक्ष मान कुमारी चौधरीले महिनावारीको बखतमा कतिपय किशोरीहरुले सरसफाइमा ध्यान नदिदा पछी गएर पाठेघरमा समेत समस्या भोग्नुपरेको र त्यही कारण कतिपय महिला दिदिबहिनीहरु हिंसामा पर्ने गरेको बताएकी छिन् ।
सो हाजिरी जवाफ प्रतियोगिताको सहजीकरण प्रतापपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मन्तोष कुमार मुराउ र प्रतापपुर गाउँपालिका शिक्षा शाखा प्रमुख डिल्लीराम ढुंगानाले गरेका थिए ।