महिला अधिकार सम्बन्धि सुस्तामा अभिमुखिकरण

  • सुस्ता संदेश
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १६, शुक्रबार (२ हप्ता अघि)
  • २१३ पटक पढिएको

महिला अधिकार सम्बन्धि सुस्तामा अभिमुखिकरण

श्याम बुचा

सुस्ता १६ जेठ

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले महिला अधिकार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

महिला अधिकारको सम्मान:आत्मनिर्भरता हाम्रो अभियान भन्ने मुल नाराका साथ ७ औं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा सुस्ता गाउँपालिकाको कार्यालयले महिला,शान्ति र सुरक्षा  सम्बन्धि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव न १३२५ र १८२० सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

सुस्ता गाउँपालिका का उपाध्यक्ष गिता चौधरीको अध्यक्षयतामा र सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख अतिथ्यतामा संचालन गरिएको अभिमुखिकरण कार्यक्रममा सुस्ता गाउँपालिका जनप्रतिनिधि र महिला अधिकारकर्मि लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो भने अभिमुखिकरण कार्यक्रमको सहजीकरण जिल्ला अदालत पश्चिम नवलपरासीका जिल्ला न्यायाधीश माननीय केशव प्रसाद अधिकारीले गर्नु भएको थियो ।

अभिमुखिकरण कार्यक्रम उद्द्घाटन क्रममा बोल्दै सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले सुस्ता गाउँपालिकालाई हिंसा मुक्त पालिका निर्माण गर्न आफु र आफ्नो पालिकाको टिमले सपना देखेको हुदा महिला अधिकार तथा कानुन ज्ञान सम्बन्धि सुस्ताबासिलाई जानकारी दिन पालिका सधै तत्पर रहेको बताउनुभयो ।

त्यसैगरी सुस्ता गाउँपालिकाकि उपाध्यक्ष गिता चौधरी महिला अधिकार प्राप्तिका लागि हामी आफै महिला दिदीबहिनीहरु पनि अग्रसर हुनुपर्ने र कानुनी सम्बन्धि ज्ञान समेत लिनुपर्ने जरुरी रहेको बताउनु भएको छ ।

सो अभिमुखिकरण कार्यक्रममा सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले सुस्ता गाउँपालिकालाई समृद्ध सुस्ता सुखी सुस्ताबासि बनाउन पालिकाले विभिन्न योजनाहरु ल्याएको र सुस्तालाई हिंसा मुक्त सुस्ता निर्माण गर्न विभिन्न गतिविधि समेत संचालन गरेको बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रममा सुस्ता गाउँपालिका का कार्यपालिका सदस्य मुना पुनको स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन सुस्ता गाउँपालिका का महिला तथा बालबालिका शाखाका प्रमुख साबित्रा आले मगरले गर्नु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती