सुस्ता सन्देश डेक्स
सुस्ता १६ जेठ
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा कपडा बैंक स्थापना भएको छ ।
सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले एक कार्यक्रम गरि कपडा बैंकको सुभारम्भ गर्दै सुस्ता गाउँपालिकामा मानवीय काम गर्न सहयोग पुर्याउने क्लोथ एण्ड फुड बैंक नेपाललाई धन्यवाद दिदै वातावरणमा पर्ने नकारात्मक असरलाई कम गर्नुको साथै भोलिको दिनमा बिपदमा परेका समुदाय तथा ब्यक्तिलाई कपडा सहयोग हुने उद्देश्यले पालिकामा कपडा बैंक स्थापना गरिएको बताएका छन् ।
कपडा बैंकको उद्देश्य माथि प्रकाश पार्दै क्लोथ एण्ड फुड बैंक नेपालका राष्ट्रिय अध्यक्ष कमल जिसिले आफुहरु देशभरि अभियानको रूपमा नै कपडा बैंक स्थापना गर्दै हिडेको र हाल सम्म देशभर १ सय ५० स्थानमा कपडा बैंक स्थापना गरिएको र यो कपडा बैंकले वातावरणको प्रदुषणमा न्यूनीकरण पनि गर्ने र जम्मा भएको कपडालाई क्लोथ एण्ड फुड बैंक नेपालले लगेर प्रशोधन गरि(रि-साईकल) गरि कपडालाई प्याकेजिङ्ग गरि देशभरिको स्थानमा प्राकृतिक प्रकोपको चपेटामा परेकालाई कपडा सहयोग हुने बताएका छन् ।
त्यसैगरी सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालका अनुसार आफ्नो पुराना कपडा तथा आफुलाई नमिल्ने कपडाहरु पालिकाको प्राङ्गणमा रहेकोे कपडा बैंकमा ल्याएर जम्मा गरिदिनका लागि सुस्ताबासिलाई आग्रह गरेका छन् ।