सुनवलमा कोदालो प्रहारबाट बुबा र छिमेकीको हत्या

  • सुस्ता संदेश
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ २३, शुक्रबार (१ हप्ता अघि)
  • २०४ पटक पढिएको

सुनवलमा कोदालो प्रहारबाट बुबा र छिमेकीको हत्या

श्याम बुचा

सुस्ता २३ जेठ

पश्चिम नवलपरासी।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२, अवरैयामा आज बिहान एक युवकले कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या गरेका छन ।

२७ वर्षीय हेमराज थारुले आफ्नै ५० वर्षीय बुबा जय राम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारको हत्या गरेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीले जनाएको छ।

प्रहरीका अनुसार, बिहान करिब १०:३० बजे हेमराजले बुबाको घाँटीमा कोदालो प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको थियो । त्यसपछि उनले छिमेकी नाथु धरिकारमाथि पनि टाउको र घाँटीमा प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख अनुपम श्रेष्ठ सहितको टोलिले घटनाको जानकारी पाउने बित्तिकै सम्भावित भाग्ने मार्गहरूमा नाकाबन्दी गर्दै हेमराजलाई पक्राउ गरिएको जनाएको छ ।

हत्या गर्नुको कारण हालसम्म खुलेको छैन । घटनास्थलको अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती