भारतको इटहिया मेलामा नवलपरासीका एक युवकको मृत्युु

  • सुस्ता संदेश
  • / मुख्य समाचार /
  • २०८२ श्रावण १७, शनिबार (१ हप्ता अघि)
  • ३७९ पटक पढिएको

भारतको इटहिया मेलामा नवलपरासीका एक युवकको मृत्युु

श्याम बुचा

सुस्त १७ साउन

छिमेकी राष्ट्र भारतमा लागेको इटहिया मेला दर्शन गर्न गएको पश्चिम नवलपरासी सुस्ताका एक युवक मृत्यु भएको परिवारले जनाएको छ ।

मृत्यु हुनेमा जिल्ला पश्चिम नवलपरासीका सुस्ता गाउँपालिका वडा न ५ पकलिहवा स्थित बेलवानि गाउँ बस्ने कमलकान्त पोख्रेलका छोरा अन्दाजी बर्ष ३० का विवेक पोख्रेल(भबिष)को भारतको इटहियामा साउनको अवसरमा लागेको मेला दर्शन गर्न जाने क्रममा ब्रेक डान्स नामक खेल खेल्ने क्रममा शरीर अनियंत्रित भइ खेल मैदानबाट केहि पर उछिट्यन पुग्दा घाइते भएको थियो र पोख्रेललाई उपचार गर्न भारतको महाराजगन्ज अस्पताल लैजाने क्रममा मृत्यु भएको मृतकका दाई सन्जित कुमार शर्माले बताएका छन् ।

मृतकका दाई शर्माका भनाइ अनुसार पोख्रेलको शव अहिले भारतको महाराजगन्ज जिल्ला स्थित सरकारी अस्पतालमा पोस्टमार्टमको लागि राखिएको र सम्पुर्ण प्रक्रिया पश्चात आजै नेपालमा शव ल्याउने तयारी भएको जानकारी दिएका छ्न ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती