श्याम बुचा
सुस्ता ४ भदौ
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा विपद जोखिम न्युनिकरण सम्बन्धि पालिका स्तरिय बिपद ब्यवस्थापन समिती तथा सरोकारवालहरुलाई दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाटको आयोजना र युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग तथा प्रतापपुर गाउँपालिका कार्यालयको सहकार्यमा सञ्चालन भएको बिपद जोखिम न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा प्रतापपुर गाउँपालिका स्तरिय बिपद ब्यवस्थापन समिती र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका बिशेष अतिथी एवं प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवले हामीहरुले पाकृतिक स्रोत साधन तथा जैविक बिविधताको संरक्षण गर्नुपर्ने र नदिनाला खोला जस्ता प्राकृतिक सम्पदाको संरक्षण गर्नुृको साथै ति पाकृतिक जोखिम तथा बिपदबाट जोगिनको लागि स्थानिय सरकार पुर्व तयारी सहित रहनु पर्ने बताउदै आफु र आफनो पालिका बिपद जोखिम न्युनिकरणका लागि बिभिन्न प्रतिकार्य सहित बजेट समेत बिनियोजन गरिएको बताएका छन् ।
त्यसैगरि कार्यक्रममा बोल्दै इन्द्रेणी सामाजिक बिकास मञ्चका पुर्व अध्यक्ष बिक्रम खनालले बिपद बाजा बजाएर नआउने भएकोले बिपदको जोखिमबाट बच्नको लागि पुर्व तयारी र प्रतिकार्य बाहेक अरु बिकल्प नरहेको बताए ।
अभिमुखिकरण कार्यक्रमको सहजिकरण गर्दै युनाईटेड मिसन टु नेपाल केन्द्रिय कार्यालयका बिपद व्यस्थापन प्रमुख रामनाथ ओझाले प्रतापपुर गाउँपालिका बिपद जोखिम न्यूनिकरण सुशासन स्वःमुल्याकंनमा १०० पुर्णाकंमा ५५ नम्बर प्राप्त गरि सन्तोष जनक रहेको बताए । कार्यक्रमको सहजिकरण गर्ने सहजकर्ता ओझाले गरेको स्वःमुल्याकंनको बिस्तुत रुपमा हेर्ने हो भने कानुनी ब्यवस्था तर्फमा १८ पुर्णाकंमा ९ नम्बर प्रतिशतमा ५० प्रतिशत,संस्थागत तथा संगठनात्मक संरचनामा २४ पुर्णाकंमा १४.५ अकं प्रतिशतमा ६० प्रतिशत,योजना तर्जुमा,कार्यान्वयन तथा अनुगमन र मुल्याकंन २२.५ पुर्णाकंमा ८ नम्बर प्रतिशतमा ३६ प्रतिशत,समन्वय तथा साझेदारी तथा सहकार्य तर्पm १५ पुर्णाकंमा ९ नम्बर प्रतिशतमा ६० प्रतिशत,स्रोत साधन तथा क्षमता १०.५ पुर्णाकंमा ४.५ नम्बर प्रतिशतमा ४३ प्रतिशत र अन्तर सम्बन्धित बिषयहरुमा १० पुर्णाकंमा १० नम्बर गरि प्रतिशतमा १०० प्रतिशत रहेको छ ।
सो अभिमुखिकरण कार्यक्रमको सञ्चालन पुर्नजिवन परियोजनाका परियोजना संयोजक उमेश श्रेष्ठ र स्वागत मन्तब्य इन्द्रेणी सामाजिक बिकास मञ्चका कार्यकारी निर्देशक पुष्पराज आचार्यले गरेका थिए भने कार्याक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष एवं इन्द्रेणी सामाजिक बिकास मञ्चका कोषाध्यक्ष धनमति सापकोटाले इन्द्रेणी सामाजिक बिकास मञ्चले बि.स २०४३ देखी निरन्तर रुपमा सामाजिक क्षेत्रमा रहेर स्वास्थ्य,शिक्षा,कृषि,भुमि र जल सम्बन्धी कार्य गर्दै आइरहेको बताइन् ।