सुस्ताको एक नेपाली नागरिकको घरमा भारतीय प्रहरी प्रवेश गरेको आशंका:- नेपाली सुरक्षा प्रशासन भने बेखबर

  • सुस्ता संदेश
  • / मुख्य समाचार /
  • २०८२ भाद्र ५, बिहिबार (३ हप्ता अघि)
  • १४१ पटक पढिएको

Post Thumbnail

सुस्ता सन्देश

सुस्ता ५ भदौ


पश्चिम नवलपरासीमा रहेकोे सुस्ताको एक नेपाली नागरिकको घरमा भारतीय प्रहरी प्रवेश गरेको स्थानीयहरुले आशंका गरेको छ भने नेपाली सुरक्षा प्रशासन बेखबर बनेका छन् ।

भारतको दिल्लीबाट २ जना र नेपाल भारत सिमा नजिक महाराजगन्ज जिल्ला स्थित बहुवार बजारमा रहेकोे प्रहरी चौकी बहुवारको एक सिपाही गरि ३ जना भारतीय प्रहरीहरु सादा पोशाकमा नेपाल प्रवेश गरि जिल्ला नवलपरासीको सुस्ता गाउँपालिका वडा न ५ पकलिहवा स्थित सकरदिन्हि गाउँमा बस्ने राजेश बनिया(लड्डु)को घरमा आज बिहिवार अन्दाजी दिउँसो ३ बजे तिर घरमा प्रवेश गरेर खानतलासी गरेको बनियाको घरपरिवारले जानकारी दिएको छ ।

बनियाको परिवार अनुसार के कति कारणले भारतीय प्रहरी आफ्नो घरमा आएर खानतलासी र राजेश बनिया (लड्डु) कहाँ छ भन्दै खोजी निति गरेको राजेशका आमा चन्दा बनियाले बताइन् ।

स्थानीयका अनुसार आफुहरुले नेपाल भारत सिमा नजिक रहेको बहुवार बजारमा रहेकोे भारतको प्रहरी चौकिको सिपाहीलाई चिनेपछि आफुहरुलाई भारतीय प्रहरी हुन सक्ने अनुमान गरि प्रहरी चौकी रामनगर र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बिओपि बलिनगरलाई खबर गरेको र नेपालको सुरक्षाकर्मिहरु आउन ढिलाइ गरेपछि भारतीय प्रहरी त्यहाँबाट भागेको स्थानीयले बताएका छन् ।

यसरी दिल्लीबाट भारतीय प्रहरी आएर नेपाल भारतको सिमापार गरि नेपाल प्रवेश गर्दा पनि सिमा सुरक्षा दिनको लागि खटिएको हाम्रो सुरक्षाकर्मिहरुले कस्तो डिउटि गरिरहेको भनि शंका उब्जिएको छ ।

यतिखेर पश्चिम नवलपरासीको क्षेत्रमा हेर्ने हो भने नेपाल भारतको सिमामा सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मिहरु करिब १००/१०० मिटरको दुरिमा खटिएको सुरक्षाकर्मिले भारतीय प्रहरी नेपाल प्रवेश गर्दा समेत बेखबर छन् ।

यस बिषयमा सुस्ता सन्देशका पत्रकारले सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बिओपि सुस्ता ५ बलिनगरका सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठसंग फोन सम्पर्कमाबाट कुराकानी हुदा आफुलाई पनि यो बिषयमा अन्य ब्यक्तिहरु मार्फत जानकारी भएको तर कुन बाटो प्रयोग गरे प्रवेश गरेको भन्ने यकिन नभएको हुदा आफुले यस बिषयमा जाचबुझ गरिरहेको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती