तलब नपाएको भन्दै साना किसान कृषि सहकारीका कर्मचारी धर्नामा

  • सुस्ता संदेश
  • / मुख्य समाचार /
  • २०८२ भाद्र १८, बुधबार (१ हप्ता अघि)
  • २४८ पटक पढिएको

तलब नपाएको भन्दै साना किसान कृषि सहकारीका कर्मचारी धर्नामा

श्याम बुचा

सुस्ता १८ भदौ

पुर्वी नवलपरासी जिल्ला बिनयि त्रिबेणि वडा न ७ शिवपुरगढिमा रहेकोे साना किसान कृषि सहकारी संस्था लिमिटेडमा कार्यरत सम्पुर्ण कर्मचारीहरुले आफुहरुले यहि २०८२ साउन १ गते देखि तलब तथा सेवा सुबिधा नपाएको भन्दै सेवा प्रवाह कार्यलाई थप गर्दै यही मिति २०८२ भदौ १७ गते देखि कार्यालय अगाडि धर्नामा बसेका छन् ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड बिनयि त्रिबेणि वडा न ७ शिवपुरगढिमा कार्यरत संस्थाका व्यवस्थापक सरिता शर्मा भट्टराईका संयोजकता सहकारीमा कार्यरत ८ जना नै कर्मचारीहरु आ आफ्नो कार्यलाई थप्प गर्दै कार्यालय अगाडि धर्नामा बसेको हो ।

संस्थाका व्यवस्थापक शर्माका अनुसार सहकारी संस्थाका संचालक समितिले आफु लगायत कुनै पनि कर्मचारीहरुलाई आधिकारिक रूपमा जानकारी पनि नदिएको र के कति कारणले हामि कर्मचारीहरुलाई तलब तथा सेवा सुबिधा नदिएको र आफुहरुलाई हाजिरी समेत गर्न नदिएपछि हामि कर्मचारीहरु आफ्नो हक अधिकारको लागि बाध्यता बस कार्यालयको सेवा प्रवाहलाई थप गरि धर्ना बसेको बताइन् ।

यसरी कर्मचारीहरुलाई काममा लगाउने र उनिहरुले पाउने तलब तथा सेवा सुबिधा स्वरुप पाउने पारश्रमिक समेत नदिने र समितिका केहि ब्यक्तिहरुले सबै कर्मचारीलाई जागिरबाट निकाल्ने र तलब  सेवा सुबिधा दिएपनि खाईआईपाईकोबाट पनि घटाएर दिने भन्दै हल्ला फिजाउने गरेको हुदा हामी कर्मचारीहरुको मनभावमा ठेस पुग्न गएको हुँदा आफुहरु धर्नामा बस्न परेको कर्मचारीहरुले बताए ।

संस्थाका कर्मचारीहरुका अनुसार आफुहरुलाई संचालक समितिले आधिकारिक केहि जानकारी नदिएको र आफुहरुले पाउने तलब सेवा सुबिधा समेत नदिने उल्टै कर्मचारीहरुले गलत काम गर्यो यस्ता कर्मचारीहरुलाई जागीरबाट निकाल्ने र यो कर्मचारीहरुले संस्थाको हिसाब किताब पनि सहि नराखेको भन्दै बाहिर बाहिर कर्मचारीहरुलाई बदनाम गराएको हुँदा यता त संचालक समितिले हामीलाई आधिकारिक के हो भनेर जानकारी दिन पर्यो कि त हामीले सेवा गरेबापत को तलब सेवा सुबिधा हाम्रो पारश्रमिक समेत पाउन पर्ने भन्दै धर्ना बस्न बाध्य परेको बताएका छन् ।

सो बिषयमा संस्थाका अध्यक्ष सरस्वती बस्नेतसंग बुझ्दा कर्मचारीहरु किन के कारणले हो धर्ना बसेको हामि समितिलाई पनि थाहा नभएको र कर्मचारीहरुले आफ्नो मनोमानी ढंगले अर्थात नेपाल सरकारको लोकसेवा आयोगको कर्मचारी सहितको सुबिधा पाउनुपर्ने माग गरेको हुदा त्यहीँ कुरामा समिति र कर्मचारी बिच कुरा बाझिएको तर समितिको बैठक बसेर तत्काल निकास निकाल्ने बताएकी छिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती