श्याम बुचा



सुस्ता २१ जेठ
पश्चिम नवलपरासीमा भरुवा बन्दुक सहित १ जना ब्यक्ति पक्राउ परेको छ ।
पक्राउ पर्नेमा जिल्लाको बर्दघाट नगरपालिका वडा न १५ पोटहा टोल बस्ने अन्दाजी बर्ष ५५ को ओम प्रकाश चौधरी रहेका छन् ।
पक्राउ परेका ओम प्रकाश चौधरीले प्रशासनको बिना इजाजत घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको प्रहरीलाई गोप्य सूचना प्राप्त भएपछि पक्राउ परेको चौधरीको घरमा प्रहरीले खानतलासी गरेपछि एक नाल भरुवा बन्दुक,२ वटा बट्टामा ८६ वटा फलामको छररा लगायत बन्दुकमा प्रयोग हुने पदार्थ(सामग्री)हरु बरामद भएको हो ।
बरामद भएको एक नाल भरुवा बन्दुक र सो बन्दुकमा प्रयोग हुने सामग्री सहित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पक्राउ परेका चौधरीलाई जिल्ला अदालत परासीबाट म्याद थप गरि अनुसन्धान कार्य भईरहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी एवं सूचना अधिकारी मदन थापाले जानकारी दिएका छन् ।

